नदुख्ने अहो एक घाऊ थियो,
कसो भो अचानक व्यथा बल्झियो !
सहें जिन्दगीमा अनेकौँ व्यथा,
अहो आज के भो मनै आत्तियो
म पत्थर हुने ढोंग गर्दै थिएँ,
नयनमा अहो प्रेमजल छर्कियो,
यहाँ हर कदममा तिमी छौ प्रिये,
छ के काम धागो बिनाको सियो,
मिले हुन्छ जीवन त स्वर्गैसरी,
तिमी बन्नु बाती म बन्छु दियो !
बहर: मुतकारिब मुसम्मन महजुफ
१२२ १२२ १२२ १२
सीता शर्मा ’शीत’ , सिक्किम, भारत
वि.सं.२०७८ माघ २२ शनिवार ०५:०१ मा प्रकाशित






























