१
विद्या देवी उषाकालकी रानी
अप्राप्य शक्ति र ज्ञान कि खानी
२
ब्रह्माजी को जल नै भयो थाली
जन्म भयो रहेन कतै खाली
३
दुईटा हातमा पुस्तक थिए
आज शिक्षाको सुरु गरी दिए
४
शिक्षाको साँचो बनी यो धरामा
अक्षरको मल हाली जरामा
५
शिक्षा शान्ति नै फैलाउँदै आज
भयो धरामा नै नपर्ने साँझ
६
वसन्त पञ्चमीको सुख दिन
जन्मी जन्माई शिक्षा रूपी छिन
७
यो लोकमा हंशमा नै सवारी
जताततै तेजको मात्र धारी
८
आज्ञानको धूलो हटाई हेर
ज्ञानका धुन सुनी लोक फेर
९
संस्वती माता पुस्तक को भारी
जन्म भयो फूल को वर्षा झरी
१०
आत्म ज्ञानी पुस्तक बोकी मात्र
शिक्षा लिएर वन राम्रो छात्र
धनुष न्यौपाने
गुठीचौर गाउँपालिका– ४ बिगारे, जुम्ला
वि.सं.२०७८ माघ २२ शनिवार ०५:०४ मा प्रकाशित






























