दिल मेरो तीर उसको चल्यो थाहै नपाई
कुन्नि किन यौवन धप्प बल्यो थाहै नपाई
अझै पनि लुकाउँदैछ मेरो आफ्नै जिन्दगीले
कता फूल्यो कता कता फल्यो थाहै नपाई
मनै त हो मैन जस्तै पग्लिएर रित्तिएसि
बाती निभ्यो अँध्यारोले छल्यो थाहै नपाई
एउटा चुरोट सल्काएर एकान्तमा रम्न खोजे
मायालुको झुपडी पो जल्यो थाहै नपाई
निरुत्तर छु सम्बन्धमा दरार आउँदा सम्म
कहिले चढ्यो बैश कैले ढल्यो थाहै नपाई ।।
सावित्री गिरी, पोखरा, कास्की
वि.सं.२०७८ माघ २२ शनिवार ०५:०६ मा प्रकाशित






























