back
CTIZAN AD

दस छेस्का कविता

वि.सं.२०७८ माघ २९ शनिवार

813 

shares

१.
जे गर्दा हुनी
घाँस देखाइ
गाई दुहुनी !

२.
कस्तो यो खेला
छल कपट
आफै नै फेला !

३.
नीति अभाव
थेग्न सकेनन्
ठुलो दवाव !

४.
किन हो थाँक्रो
मर्ने बेलामा
हरियो काँक्रो !

५.
नेता हरामी
निहित स्वार्थ
गर्दै गुलामी !

६.
चुनाव तिथि
घोषणा छैन
बढ्यो बेथिति ।

७.
कर्तब्य च्युत
राष्ट्रको रक्षा
खेलेका द्यूत !

८.
अफ्ठ्यारो बाटो
नहिँड्नु कैल्यै
सत्ताको साटो !

९.
नयाँ नेपाल
रित्तो भो देश
उठ्यो सवाल !

१०.
गरौं नमन
प्यारा शहीद
श्रध्दा सुमन !

विनोद कोइराला, तानसेन, पाल्पा

वि.सं.२०७८ माघ २९ शनिवार ०८:४१ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...