back
CTIZAN AD

छन्द कविता: हाम्रो भाषा

वि.सं.२०७८ माघ २९ शनिवार

1.2K 

shares

भाषाले मनको कुरा जति सबै, लेख्ने र पोख्ने गरौँ
भाषा सार्थक शब्दका सरसका, शृङ्गार राम्रो भरौँ ।
भाषामा जति भाव लाग्दछ मिठो, आमा र बाबा भनी
नेपाली पनको मिठास भरिलो, लौ हुन्छ जस्तै पनि ।१।

भाषा मान्य भयो ठूलो मुलुकमा, खुल्दै रमाई अब
नाचौँ मादल तालमा सबजना, हेर्दै तमासा सब ।
मुर्चुङ्गा नभए मिलेर लयमा ताली बजाई अब
ठोक्ने हो नगरा र ढोल जति छन्, थर्काउदै लौ सब ।२।

भर्ने काम गरौँ स्वदेश दुनियाँ, लागौं न ज्ञानी बनी
भाषा भूषण हो समस्त जनको,हाम्रो चिनारी पनि ।
गोर्खे वीर भनेर चिन्छ दुनियाँ,हट्दै न हट्ने पछि
लेख्ने काम गरौं न दिव्य रचना, डट्ने घरैमा बसि ।३।

भण्डारी नरका थिए अति सुरा,भाषा भयो मान्य यो
भुल्नै हुन्न कसै उदार पनको,सङ्घर्ष नै गन्य हो ।
भार्याको सुर–ताल बन्छ दिलको,ढोका उघारी कन
श्रद्धाले अब लौ मनाउँ जनले,भाषा भयो अर्पण ।४।

गाँठो एक हुँदा मिलेर रहँदा, हेप्दैन है दुष्टले
थापौँ कान सधैँ परे यदि भने, फाँडौ न ब्रह्मास्त्रले ।
नेपाली जन हो मिलेर रहँदा खत्रा सबै टर्दछ
आँखा सामु कतै उठाउदछ जो, पक्कै स्वयं पर्दछ ।५।

छन्द: शार्दूलविक्रीडित

मोहन गौतम, रांका गान्तोक, सिक्किम

 

वि.सं.२०७८ माघ २९ शनिवार ०८:४० मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...