१.
तिमीले के दियौ देशलाई सोच त
यो देशले केहि दिएन मलाई भन्नेहरु हो
कुन अर्थमा लियौ देशलाई सोच त
२.
नजरहरु सबै बेमानी छन्
साँचो पिरती कहाँ भेटिन्छ ब्यर्थै
ब्यहवार सब्को सैतानी छन्
३.
फलामले चोट पाएरै आकार दिने हो
दुई,चार हण्डरमै के आत्तिनु हुन्छ महोदय हजुर
चोटैले मान्छेलाई ब्यहवार दिने हो ।
४.
जस्तोसुकै धनी सिध्याएका छन्
नश्वर छ शरिर सम्पतिको के फुईँ लाउनु
धनका पछि धाउने रित्तिएका छन् ।
५.
टिपी जूनतारा सुम्पन पाए
हाम्रो पिरती पनि उदाहरण बन्ने थियो
रोजे जति सारा सुम्पन पाए ।
लक्ष्मी स्मृति, विराटनगर–५, मोरङ
वि.सं.२०७८ माघ २९ शनिवार ०८:३९ मा प्रकाशित






























