back
CTIZAN AD

नयिका स्वेताद्धारा ‘स्वेता श्री’ फाउन्डेशन स्थापना

वि.सं.२०७३ चैत १ मंगलवार

1K 

shares

sweeta khadka

यहि फागुन २८ गते शनिबार ‘स्वेता श्री’ नामको फाउन्डेसनको उद्घाटन गर्दै गर्दै नायिका स्वेता खड्काले सिन्धुपाल्चोक स्थित माझी बस्ती बनाउने घोषणा गरेकी छिन् । उक्त उद्घाटन कार्यक्रममा थुप्रै संचारकर्मी, कलाकार तथा हरीवंश आचार्य र मदनकृष्ण श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।
स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ जन्मेको गाँउ सिन्धुपाल्चोकको माझी बस्तिमा महाभुकम्पले ठुलो क्षति पु¥याएको थियो । त्यस ठाउँका मानिसहरु अस्थायी रुपमा घर बनाएर बसिरहेका छन् । स्वेता भन्छिन् ‘मैले यो फाउन्डेसनको सुरुवात यसरी गरेँ, जब म श्री दादाको फ्यानहरुलाई भेट्थे उहाँहरु भन्नुहुन्थ्यो श्रीकृष्ण दादाको नाममा केहि गर्नुस्, केहि संस्थाहरु खोल्नु भन्दै मलाई हौसला दिइरहनु हुन्थ्यो ।’
स्वेताले भनिन् ‘त्यसैक्रममा म, सिन्धुपाल्चोकको भ्रमणमा जाँदा माझि गाउँको अवलोकन गरेँ । त्यहाँका मानिसहरु घामपानीसँग संघर्ष गरिरहेको देखेर आफूलाई सम्हाल्न गाह्रो देखेर मैले उहाँहरुसँग मेरो साथ र सहयोगले तपाईहरुलाई केहि साथ मिल्छ भने म यहाँ एकिकृत नमुना बस्ति बनाउँछु भनेर प्रण गरेँ ।”
स्वेताले पहिले व्यक्तिगत रुपमा धेरै सहयोग गरेको बताउँदै अब संस्थागत रुपमा सहयोग गर्ने जनाइन् । उनले फाउन्डेसनमा नायक श्रीकृष्णको नाम राखेर उनीप्रति समर्पित भएर ‘स्वेता श्री’ फाउन्डेसनको अभियान सुरु गरेँको बताइन् । स्वेता श्री फाउन्डेशनले समुदाय मात्र बनाउने नभई स्वास्थ्य क्षेत्र लगायतमा पनि कामगर्ने बताइएको छ । स्वेताका अनुसार जसरी श्रीकृष्णले क्यान्सर भएर ज्यान गुमाए, त्यस्तो रोग लागेर उपचार गर्न नसक्नेहरुलाई पनि सहयोग गरिनेछ ।
‘उहाँले राम्रो काम गरेर जानु भएको छ, मैले पनि समाजका लागि केही गर्न चाहान्छु ।’ स्वेताले भनिन् ।

वि.सं.२०७३ चैत १ मंगलवार ०२:५३ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...