back
CTIZAN AD

कविताः तिमी नारी

वि.सं.२०७८ फागुन २४ मंगलवार

876 

shares

‘यत्र नारी पुज्यन्ते तत्र रमन्ते देबता’
नारी ! तिमी देबी, भगवती, लक्ष्मी, पार्बती, सीता र भृकुटी
अनि माता सृष्टिदात्री
यस्तै यस्तै पौराणिक र बेदान्ती नामले पुजनीय थियौ ।

नारी ! तिमी देबी थियौ र बेदी पनि भयौ,
देवता भनाउँदाहरुको चक्रब्युहमा पÞmनफन्ति घुमाईयौ
अनि,
उनीहरूकै बेदी बनि आहुती लियौ,
तिमी सृष्टि कर्ता र भर्ता
आफ्नो बर्चश्व खोपिमा राखेर
कृष्णको गोपिनी र पाण्डबरूको द्रौपदी भयौ
हो नारी ! अस्ति तिमी खोपिकी देबी थियौ ।।

हो नारी !
तिमी भाग्यमनी कहलाएर
हिजो पनि पूजनीय थियौ,
तिमी सत्यबती साबित्री
तिमी प्रतिब्रता पार्बती
तिमी जन्म दिने आमा
मायाँ दिने दिदी–बहिनी, छोरी र नातिनी,
अनि
तिमी पुरुषको स्वास्नी र श्रीमती
जे जे नाता लगाउ
नारी तिमी गृह लक्ष्मी
घर संसारको भित्ता भित्र थुनिएकी गृहणी
झुत्रो मान सम्मानकी तिमी रित्तो लक्ष्मी
यथार्थमा ठगिएकी तिमी गृह बन्धनी ।।

हो नारी !
यी अस्ति र हिजोका कथा र ब्यथा थिए,
आज अब आर्को नयाँ बिहानी छाएको छ
म घण्टी बजाई दिन्छु, तिमी ब्यूँझ
तिमी उठ –म समाई दिन्छु,
प्राकृतिक बिभेद तोड्न नसके पनि
हामीले सामाजिक बिभेद फोड्न सक्नु पर्दछ,
तिमी हिम्मत झिक नारी
म सहास थपि दिन्छु,
तिमी नारी म पुरुष
हामी एकै रथका दुई पाङ्गा न ह्वऔं,
नारी समुन्नति नै समाजको समुन्नति हो,
त्यसैले,
अरुलाई दोष लगाएर होइन
आफ्नै अन्तरात्मा छामेर
तिमी इच्छा शक्ति मात्र प्रकट गर
म आँट थपिदिन्छु,
तिमी तिम्रा पखेटाहरू फिंजाउ
म त्यसमा प्वांख भरिदिन्छु,
नारी !
तिमी सुन्दर समाजको बुट्टा कोर
म त्यसमाथि रङ्ग भरिदिन्छु,
आउ नारी आज फेरि प्रतिज्ञा गरौं
हामी हतेमालो गर्दै
हाम्रो घर समाज अझ सुन्दर बनाउँ
आउ नारी हामी हातेमालो गर्दै केही गरौं
आउ हामी केही गरौं ।।।।
हरिहर अर्याल, पेरिस ।

सन्दर्भ : ११२ औं अन्तर्राष्ट्रिय नारी दिबस

वि.सं.२०७८ फागुन २४ मंगलवार १३:३४ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...