२७ फागुन, काठमाडौँ । महालक्ष्मी विकास बैंकको पोखरा, चिप्लेढुङ्गा शाखाले पोखरा महानगरपालिका–१९ हेम्जामा रहेको अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका सामाग्री प्रदान गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जानकारी गराएको छ । सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ उक्त प्रयोगसालाका सामाग्रीहरु प्रदान गरिएको चिप्लेढुङ्गा शाखाका शाखा प्रबन्धक किरण घिमिरेले बताए । कार्यक्रममा विज्ञान प्रयोगशालाका सामाग्रीहरु विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरिएको छ ।
बैंकले यस्ता सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु आफ्ना १०३ शाखाहरु मार्फत गर्दै आइरहेको जनाएको छ ।
वि.सं.२०७८ फागुन २७ शुक्रवार १२:५२ मा प्रकाशित





























