back
CTIZAN AD

कविता : स्वाभिमान

वि.सं.२०७८ चैत ५ शनिवार

783 

shares

निरु गौतम, मोरङ

मौनतामा मनभित्र
छामेर हेर्दा
गज्याङ्गुजुङ् परेका
भावका गुजुल्टामा
स्वाभिमान गुजुल्टिएको
देख्छु, कर्तव्यको
उचो पगरी, जतनसाथ
सम्हालेकै थिएँ,
पाइला पाइलामा
जिम्मेवारी
वहन गरेकै थिएँ,
छिद्रहरु पो देखिन्छ

त्यसैले त
स्वाभिमान
बचाउन
चट्टान,गेगर
र पहरासँग
ठोक्किदै
गोता खाइरहेछु,

 

मैले बुनेका गलबन्दी र
पछ्यौरीमा, तानमा
बुनिदै गरेको घलेक,
पाङ्देन, पेटानी
अनि कछाडमा,
हेर्ने आँखामा
अहंकार भरिएपछि,
सुन्ने कानमा
कनसुत्लो छिरेपछि
हिड्ने धरातलमा
रातो कार्पेट
बिछिएपछि,
भात भुजा
भएपछि,
काले
कालीभक्त
भएपछि
सुन पनि पित्तल
देख्छ
पावरवाला चस्मा
लगाएपछि
त्यसैले त
स्वाभिमान
बचाउन
चट्टान,गेगर
र पहरासँग
ठोक्किदै
गोता खाइरहेछु,
किनकि
अझै चिल्लो
हुनु छ मलाई
प्रत्येकका
पूजाकोठामा
सजिने
शालिग्राम बन्न !!!

वि.सं.२०७८ चैत ५ शनिवार ०५:४२ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...