back
CTIZAN AD

निर्माण कम्पनीले सम्झौताको तीन वर्षको अवधिमा एक किलोमिटर सडक कालोपत्र

वि.सं.२०७८ चैत २८ सोमवार

900 

shares

झापा । धुलाबारी–भद्रपुर जोड्ने सडक निर्माणकार्य बजेट अभावमा एक किलोमिटर मात्र कालोपत्र भएको छ ।

आर्थिक वर्ष २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँगको ठेक्का सम्झौता भए पनि बजेट अभावमा हाल मेचीनगर नगरपालिका–१० को खयरडाँगीस्थित भेटवाल चोकबाट मेचीनगर–१५ को शिवालय मन्दिर छेउसम्मको सडक मात्र कालोपत्र भएको हो ।

भद्रपुर धुलाबारी खण्डको लागत मूल्य अभिवृद्धि करसहित प्रदेश नं १ को सरकारको कूल रु २५ करोड ३२ लाख ८४ हजारमा हिम्डुङ एण्ड थोकर सरोज जेभीलाई ठेक्कामा दिइएको थियो । निर्माण कम्पनीले सम्झौताको तीन वर्षको अवधिमा एक किलोमिटर सडक मात्र कालोपत्र गर्न सकेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले बताए ।

उनले बजेट अभावमा जति काम हुनुपर्ने हो त्यति हुन नसकेको बताए । “प्रदेश सरकारले समयमा बजेट नपठाउँदा काममा ढिलाइ भइरहेको छ”, उनले भने, “आगामी वैशाखको पहिलो हप्ताभित्रमा बजेट आयो भने काम सकिन्छ, त्योभन्दा ढिलो भएमा म्याद थपेर अर्को साल बनाउनुको विकल्प छैन ।”

उनको अनुसार मेचीनगर नगरपालिकाको १० नम्बर वडाको भेटवाल चोकदेखि मेचीनगर–१५ कै ज्यामिरगढीस्थित हडिया खोलासम्मको नौ किलोमिटर सडक कालोपत्र गर्ने योजनामा परेका थियो । योजनाअनुसार नै सडकको दुवै साइटमा नाली खन्ने र सडक कालोपत्र गर्न योग्य बनिसकेको उनकोे ठहर छ ।

विसं २०७६ कात्तिक २० गते निर्माण कम्पनीसँग २०७९ साल असार ३१ गते निर्माण सम्पन्न गर्ने सम्झौता भएर सो सडकको शिलान्यास तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रकुमार आङ्बोले गरेका थिए । उनले जिल्लाका अन्य क्षेत्रमा समेत प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका सडक बजेट अभावमा अलपत्र अवस्थमा रहेको जानकारी दिए ।

धुलाबारी–भद्रपुर–जोड्ने यो सडकखण्डमा नेपाल प्रवेश गरेका पर्यटक यही बाटो हँुदै चन्द्रगढी एयरपोर्टबाट काठमाडौँलगायत देशका अन्य भागमा जान सजिलो हुने हुँदा चाँडै निर्माण सक्नुपर्ने नगर उपप्रमुख मीना उप्रेतीको भनाइ छ ।

 

वि.सं.२०७८ चैत २८ सोमवार १५:३७ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...