back
CTIZAN AD

बैशाख ४ गतेसम्म चुनावी तालमेल टुंग्याउन निर्देशन दिने गठबन्धनको निर्णय

वि.सं.२०७८ चैत २९ मंगलवार

756 

shares

काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी बैशाख ४ गतेसम्ममा चुनावी तालमेलको विषय टुंग्याउन निर्देशन दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा चुनावी तालमेल लगायतका विषयमा टुंगो लगाउन बसेको शिर्ष नेताहरुको बैठकले ४ बैशाखसम्म स्थानीयतहबाट चुनावी खाका टुंगो लगाएर केन्द्रमा पठाउन समयसीमा तोकेको हो ।

पाँचदलीय गठबन्धनको सोमबार बसेको बैठकले देशैभरीका स्थानीयतहमा ठाउ र अवस्था हेरेर तालमेल गर्न नेता तथा कार्यकर्ताबीच अपिल गरेको थियो । सोहि अनुरुप आज दिउँसो ४ बजे बसेको बैठकले बैशाख ५ गतेसम्मको समयसीमा तोकेर स्थानीयतहको वस्तुस्थिति पठाउन निर्देशन दिने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार बैठकले महानगरपालिका, उपमहानगरपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँटको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने निर्णय गरेको छ ।

त्यसैगरी नगरपालिका र गाउँपालिका क्रमशः प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको तालमेल सम्बन्धी बाँडफाँटको आवस्यक निर्णय गरी जिल्ला संयन्त्रले बैशाख ३ गतेभित्र प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी बैशाख ५ गतेभित्र केन्द्रमा पठाउनुपर्ने बताइएको छ ।

त्यस्तै महानगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र गाउँपालिका वडा अध्यक्ष तथा सदस्यहरुको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले बैशाख ३ गतेभित्र टुंगो लगाउनुपर्ने निर्णय गरिएको छ ।

प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित २/२ जना प्रतिनिधि रहने तथा प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धीत पार्टीले आफ्नो आवस्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सक्ने निर्णय गरिएको छ ।

त्यसैगरी सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धीत तहका सभापतिले गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यी हुन् गठबन्धनभित्र सिट बाँडफाँटका ७ आधारहरु

१ -२०७४ सालको स्थानीयतहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकिकृत समाजवादीका जनप्रतिनिधिहरुलाई यसै अनुसार मान्ने ।

२- २०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका र वडामा प्राप्त गरेको मतभार ।

३- २०७४ को स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रहि यथाशक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने ।

४ -२०७४ को स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धन भित्रका दलहरुले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । साथै उक्त तहमा दलका उम्मेदवारले प्राप्त गरेको मतभारलाई पनि आधार बनाउने ।

५- नेकपा एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा बुँदा नं ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्ति रहेको यर्थाथलाई मनन गर्ने ।

६ -गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरुका अतिरिक्त वर्तमान समयमा गठबन्धनका दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई महत्वका साथ ध्यान दिने ।

७- गठबन्धनभित्र रहेका दलहरुबीचमा मात्र चुनावी तालमेल गर्न पाउने ।

यो पनि…

भरतपुर महानगरको कुनैपनि पदमा गठबन्धन नगर्ने भन्दै चितवन कांग्रेसले दियो यस्तो चेतावनी

वि.सं.२०७८ चैत २९ मंगलवार २०:०३ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...