back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७९ वैशाख ३ शनिवार

852 

shares

पवन कुमार बुढाथोकी, बानेश्वर, काठमाडौं


कसरी भनुँ म, तिमीलाई त धेरै नै मन पराउँछु
अरूमा हैन, तिमीमानै मायाको झण्डा फराउँछु
तिमीलाई आउदै गरेको नव बर्षको सुभकामना
अब तिम्रो हृदयमा राम्रा कुराको अनुभूत गराउँछु ।


नचाहँदा नचाहँदै पनि यहाँ बिछोड हुन्छ
तिमीलाइ नछोड्ने नै त मेरो निचोड हुन्छ
अन्त त कतै नगैदेउ है म सङ्गै बस्देउ है
छोडेमा हामी दुबै जोर हैन बिजोड हुन्छ ।


जो छैन उसैसित रै रहुँ लाग्ने
जो निष्ठुरी हो उसैको भै रहुँ लाग्ने
अचम्म पो भो यो दुईदिने जिन्दगी
वास्ता नगर्ने कहाँ मात्रै गै रहुँ लाग्ने ।


तिमी म तिर किन पो होला हेर्न पनि हेर्दिनौ
रिसाउने पुरानो बानी अझै सम्म पनि फेर्दिनौ
सोच, तौर तरिका र ब्यवहार त फेरिदै जान्छन
मनमा पालेको पूर्वाग्रह अझै किन पो हो केर्दिनौ ? !


तिमीलाई त हरियो खुला चौरनै संझेर ढुक्कले चरेको छु
बलबुत्ताले भ्याए सम्म माया उमार्न मल जल नै गरेको छु
तिम्रो इच्छाहरु पुरा भए भएनन, मलाई थाहा पत्तो भएन
अनि,जान्न मन लाग्यो, म तिमिलाई कतिको मन परेको छु ।

 

 

वि.सं.२०७९ वैशाख ३ शनिवार ०७:५६ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...