शुचिता काफ्ले, सुकेधारा, काठमाडौँ
१
उत्साह र उमंग बोकेर आओस्
हिजो सम्म जे जसरी बिते सबैका दिनहरू
उनासी साल शुभ तोकेर आओस् ।
२
नया वर्षले देशमा विकाश होस
नरहुन कहि कतै पनि अधुरा कार्यहरू
सबै थोकको छिटैनै निकास होस् ।
३
साकार होस् सपना सबैको
बिदेशी भूमि कोही नजाउन यहि छ
घर घरमा कामना सबैको ।
४
हत्या हिंसा नदोहोरियोस अव त
न्याए पाउन तड्पिएका पीडितहरूलाई
असल कानुन लेखियोस् अव त ।
५
फुटोस सिर्जनाका मुलधारा हाम्रो
रिस ईष्या बैमनस्यता हराउदै गएर, बनोस
अखन्ड बलियो भाईचारा हाम्रो ।
वि.सं.२०७९ वैशाख ३ शनिवार ०७:५८ मा प्रकाशित






























