दिल्ली । एमाले निकट सङ्गठन प्रवासी नेपाली संघ भारत, विप्लव नेतृत्व सङ्गठनलगायत अन्य सङ्गठनका नेता कार्यकर्ता परित्याग गरी २०० भन्दा बढी नेता तथा कार्यकर्ता अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश गरेका छन् ।
पंजाबको लुधियानामा आइतबार आयोजित एक विशाल कार्यक्रमका बीच प्रवासी नेपाली संघ भारतका सचिवालय सदस्य कृष्ण प्रसाद भट्टराई समेत दर्जनौ कार्यकर्ता अखिल भारत नेपाली एकता मंच भारतमा प्रवेश गरेका छन । एकता मंचका केन्द्रीय अध्यक्ष राजेन्द्र शर्मा र वरिष्ठ उपाध्यक्ष जे बि रसालीले अविर माला र खादा लगाएर उनीहरुलाई मन्चमा प्रवेश गराएका थिए ।
अखिल भारत नेपाली एकता मञ्च भारत दिल्ली, युपी, हरियाणा राज्य समितीको भेला तथा प्रशिक्षणका साथै सेती महाकाली प्रबास सङ्घर्ष समितीबाट मनिष पार्कि नेतृत्व झन्डै ४ दर्जन भन्दा बढी बिभिन्न सङ्ग सङ्गठनबाट आएका नवप्रवेशीहरुलाई मञ्चका केन्द्रीय उपमहासचिब आरबी खड्काले स्वागत गरेका थिए । कार्यक्रम नईदिल्लीस्थित कोटला सेबानगर आर्यसमाज मन्दिरमा भएको थियो ।
अखिल भारत नेपाली एकता मंच केन्द्रीय अध्यक्ष राजेन्द्र शर्माले लुधियानामा आयोजित एक कार्यक्रममा बोल्दै आसन्न स्थानियतह निर्वाचनका विषयमा नेता कार्यकर्ताहरूलाई प्रशिक्षण दिएका थिए ।
‘प्रतिगमनकारीहरूलाई घुँडा टेकाउन र अग्रगामी उपलब्ँधीहरूलाई संरक्षण गर्नपनि लोकतान्त्रि शक्तिहरूका बिच गठबन्धन भएको छ,’ शर्माले भने, ‘ देश जोगाउने सक्ती माओवादी मात्र हो भन्ने देशव्यापी रूपमा स्थापित भैसकेको भन्दै यहि एजेण्डालाई लिएर उच्च मनोबलका साथ संगठन निर्माणमा लागौ !’
वि.सं.२०७९ वैशाख १२ सोमवार १६:४५ मा प्रकाशित


























