back
CTIZAN AD

१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु

वि.सं.२०७९ जेठ १६ सोमवार

606 

shares

काठमाडौं । आईतबारदेखि काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा ‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल-२०२२’ सुरु भएको छ । महोत्सबमा नेपाल सहित १५ देशका २६ फिल्महरु सहभागी छन् । जस मध्य नेपालबाट १२ वटा र बिदेशबाट १४ वटा रहेका छन् । यो महोत्सब मंगलबारसम्म  नाचघरमा जारी रहने छ ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले महोत्सब उद्घाटन गर्दै भने,‘अफ्रिका जस्तै पछाडी परेको महादेशबाट बिगत १० वर्षदेखि फिल्म संकलन गरेर नेपालमा यो महोत्सब आयोजना गर्नु आफैंमा सराहनीय कार्य हो ।’ बिदेशी चलचित्र देखाएर उठेको पैसाबाट चलचित्र विकाश बोर्ड सञ्चालन गर्नु पर्दा नेपालमा बिदेशी चलचित्रको प्रवर्द्धनलाई मद्धत पुगेको पनि अध्यक्ष दाहालले बताए ।

आयोजक संस्थाकी अध्यक्ष तथा महोत्सब सँयोजक डा. मञ्जु मिश्रले आर्थिक र सांस्कृतिक रुपमा उस्तै भएको नेपाल र अफ्रिकाको चलचित्र संस्कृति आदन प्रदानकै लागि एक दशकदेखि आफुहरुले यो महोत्सब आयोजना गर्दै आएको बताईन् । आफ्नै गोजीबाट पैसा हालेर महोत्सब गर्न अब गाह्रो हुन थालेको उनले टिप्पणी गरिन् ।

यस्तै प्रतिनिधि सभाकी सांसद मन जिसीले कार्यक्रममा बोल्दै नेपाल र अफ्रिकाको संस्कृति अदान प्रदानको लागि यो महोत्सब निकै उपयोगी हुने गरेको बताईन् । यस्ता महोत्सबलाई सघाउन आफुले संसदमा आवाज उठाउने उनले प्रतिवद्धता जनाईन् ।

कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले नीजि स्तरबाट भएका यस्ता अन्तराष्ट्रिय स्तरका चलचित्र महोत्सबलाई राज्यले सहयोग गर्नु पर्ने जिकिर गरे । फरक शैलीका कलात्मक चलचित्र यस्ता महोत्सबमा प्रदर्शन गरिने भएकाले यो महोत्सब आफुहरुका लागि निकै महत्वपूर्ण हुन गरेको पनि अध्यक्ष खड्काले बताए ।

नेपाल चलचित्र निर्देशक समाजका महासचिब जनकद्धिप पराजुली, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रियले नेपालमा अन्तराष्ट्रिय स्तरको चलचित्र महोत्सब बृद्ध हुँदै गएको खुसी व्यक्त गरे । यस्तो महोत्सब बृद्धि हुनुमा नेपाल अफ्रिका फिल्म फेस्टिबलको उत्तिकै योगदान रहेको उनीहरुले बताए ।

कार्यक्रममा पत्रकार जिवन पराजुलीले महोत्सबमा चयन भएका चलचित्रबारे चर्चा गरे । यस्तै अभिनेता धिरेन शाक्यले महोत्सबमा निकै राम्रा र फरक सिनेमा आएको बताए ।

महोत्सब निर्देशक डब्बु क्षत्रीले कोरोना महामारीका कारण महोत्सबमा बिगत र यसपटक केही असर परेको भए पनि आगामी वर्षबाट यसलाई अझ भव्य रुपमा आयोजना गर्ने बताए ।

नेपाली चलचित्र, गीत संगीत तथा सौन्दर्य कला क्षेत्रमा एक देखि तीन दशकभन्दा लामो समयसम्म योगदान पु¥याएका विभिन्न व्यक्तिलाई कार्यक्रममा सम्मान गरियो । समारोहमा सिनेकर्मी तथा पत्रकार आलोक तिवारी र पत्रकार ओम प्रकाश घिमिरे पत्रकारिता सम्मानबाट सम्मानित भए । यस्तै, गायक अलिप खान, गायिका सुजता केसी, चलचित्र निर्देशक कल्यण अधिकारी कलाकारिता सम्मानबाट सम्मानित भए ।

सुजन तिमिल्सिना नेल आर्ट टेक्निसियन सम्मान, मेकअप आर्टिस्टहरु बिना रानामगर, कञ्चन श्रेष्ठ, डिना थापामगर, सरस्वती पान्डे हमाल, मेकअप आर्टिस्ट राष्ट्रिय सम्मानबाट सम्मानित भए । यसै गरी ब्युटिसियनहरु प्रीति सोनी शाह, शुभद्रा देबी उदास, शोभा महर्जन, मुना थापामगर, शकुन्तला अवाले, शुभद्रा राई, रञ्जिता थापा र रमा गुर्मछान सौन्दर्यकर्मी राष्ट्रिय सम्मान-२०७९ बाट सम्मानित भए ।

महोत्सबको निर्णायकहरुमा सँगीतकार जुगल डँगोल, अभिनेताहरु प्रवण भुषाल, प्रेम पाण्डे, सागर घिसिङ, कोरियोग्राफर अजय स्याङतान, म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की र पत्रकार कुवेर गिरी रहेका छन् ।

महोत्सबमा आईतबार उद्घाटनमा बुर्किना फासोको फिचर फिल्म ‘आई अफ द साईलोन’ प्रदर्शन गरियो । यस्तै आईतबार नै दुई नेपाली लघू चलचित्र ऋषीराज आचार्यको निर्देशनको ‘राईज’, देवेन्द्र खत्रीको निर्देशनको चलचित्र ‘द डेलिभरी’ पनि देखाईयो । यस्तै केमरुनको बृत्तचित्र ‘लेस मेलोडियस डु मओए’, अल्जेरियाको ला चेम्बर र मोरक्कोको घोष अफ स्पेश टाईम पनि प्रदर्शन गरियो ।

वि.सं.२०७९ जेठ १६ सोमवार १५:०१ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...