back
CTIZAN AD

महामारीको बाबजुद कतार एयरवेजले १.५४ अर्ब डलर मुनाफा गरेको दावी

वि.सं.२०७९ असार ३ शुक्रवार

819 

shares

दोहा ।  कतार एयरवेजले आर्थिक बर्ष २०२१–२०२२ मा १.५४ अर्ब अमेरिकी डलर बराबरको नाफा गरेको छ । कोरोनाभाइरस महामारीको समय कम्पनीलाई आर्थिक सङ्कटबाट जोगाउन ‘सफल रणनीति’ बनाई सङ्कटमा पनि मुनाफा कमाउन कतार एअरवेज सफल भएको हो ।

कतारको सरकारी स्वामित्वमा रहेको एयरलाइन्सले मुनाफाको परिणाम ‘यसको उच्चतम वार्षिक मुनाफाभन्दा २०० प्रतिशत बढी’ भएको र समग्र आय १४.४ अर्ब अमेरिकी डलरबाट यो मुनाफा प्राप्त भएको हो ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा कम्पनीले कोभिडपूर्वको सन् २०१९–२०२० को राजस्व सङ्कलनभन्दा गत बर्ष उल्लेखनीय दुई प्रतिशत बढी राजस्व बुझाउन सफल भएको छ ।

“विश्वव्यापी एयरलाइन उद्योगमा अहिलेसम्मकै सबैभन्दा कठिन समयमा कमाएको मुनाफा एयरलाइन्सलको चतुर र सफल रणनीतिको सकारात्मक परिणामको श्रेय हो,” विज्ञप्तिमा भनिएको छ ।

कतार एयरवेजले भनेको छ, यसले ‘ग्राहकको आवश्यकता र बजारका अवसरहरूको विकासका साथसाथै दक्षता र यसका विश्वभर रहेका कर्मचारीहरूप्रति प्रतिबद्ध रहिरह्यो ।

“यो मुनाफा कतार एयरवेज ग्रुपका लागि मात्र नभई विश्वभर यस वित्तीय वर्षका लागि वित्तीय परिणाम प्रकाशित गर्ने अन्य सबै एयरलाइन्सहरूमाझ सकारात्मक रेकर्ड पनि हो,” एयरलाइनले भनेको छ ।एएफपी

वि.सं.२०७९ असार ३ शुक्रवार ०८:१८ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...