back
CTIZAN AD

पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि

वि.सं.२०७९ असार ३ शुक्रवार

822 

shares

इस्लामावाद । पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको छ ।

यो बीचमा झण्डै २९ प्रतिशत मूल्य बृद्धि भएको पाइएको अधिकारीहरुले जनाएका छन् । देशका अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार फेरि मूल्य बृद्धि भएको घोषणा गरेका हुन् ।

विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उनको भनाई छ । उनले विश्वबजारमा बढेपछि आफ्नो देशमा पनि बढाउनुको विकल्प नरहेको बताएका छन् ।

उनले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनमा अघिल्लो सरकारका पनि केही कमजोरीका कारण समस्या भएको आरोप लगाए ।

गत मे २६ मा १४४.१५ पाकिस्तानी रुपैँया रहेको डिजलको मूल्य अहिलेसम्म ८३ प्रतिशत बृद्धि भएर २६३.३१ पाकिस्तानी रुपैँया पुगेको उनले जानकारी दिए ।

त्यसैगरी पेट्रोलको मूल्य १४९.८६ बाट पटक पटक बढेर अहिले २३३.७९ रुपैँयामा पुगेको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी मट्टीतेलको मूल्य मे २६ मा ११८.३१ रहेकोमा अहिले ७३ प्रतिशतले बढेर २११.४३ पाकिस्तानी रूपैया पुगेको छ । एएनआई

वि.सं.२०७९ असार ३ शुक्रवार ०८:२२ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...