back
CTIZAN AD

पाकिस्तानले गर्यो चार वर्षपछि गर्यो २० जना भारतीय माझी

वि.सं.२०७९ असार ६ सोमवार

690 

shares

कराँची । पाकिस्तानले आफ्नो देशको क्षेत्रीय जल सीमा उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका २० जना भारतीय माझीलाई रिहा गरेको छ । बन्दरगाह सहर कराँचीको जेलमा उनीहरूलाई चार वर्ष राखिएको थियो ।

आज काराबास मुक्त भएका भारतीय नागरिक यहाँबाट पूर्वी सहर लाहोरको बस चढेर स्वदेश फर्केका छन् भने कराँचीका जेलमा अझै पनि दर्जनौँ भारतीय माझी रिहाइको प्रतीक्षामा छन् । आज रिहा भएकाहरूलाई सीमा नाका बागामा भारतीय अधिकारीहरूलाई सुम्पिइने छ ।

भारत र पाकिस्तानले बेलाबेलामा आफ्नो जलक्षेत्र पार गरेको आरोपमा एक अर्काका नागरिकलाई पक्राउ गर्दै आएका छन् भने द्विपक्षीय वार्तापछि केहीलाई प्रत्येक वर्ष रिहा पनि गर्दै आएका छन् । काश्मिर मुद्दालाई लिएर विगत सात दशकदेखि भारत र पाकिस्तानबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन । भारतले सन् २०१९ को अगष्टमा काश्मिरको विशेष स्वायत्ततालाई एकतर्फी खारेज गरेपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ । एपी

वि.सं.२०७९ असार ६ सोमवार ०७:३६ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...