back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ असार ११ शनिवार

930 

shares

गंगा दाहाल, महालक्ष्मी नगरपालिका, ललितपुर


धोका दिने र धोका खानेको लर्को छ यहाँ
बोल्ने शैली र भाषा कतिको चर्को छ यहाँ
पानी माथीको ओभानो छु भन्छन् भन्न त
जस्ले जेजे भने पनि कुरा त घरको छ यहाँ ।


टुप्पोमा पलाउनेले जराको मर्म बुझ्थ्यो भने
बेइमानीले ईमानको साँचो धर्म बुझ्थ्यो भने
प्रतिस्पर्धा, प्रतिशोधको लडाइ कहाँ हुन्थ्यो
मान्छेले थोरै आफैभित्रको शर्म बुझ्थ्यो भने ।


अरुको दोष खोट्याएरै दिन फाल्नु भन्दा
भित्रभित्रै प्रतिशोधको आगो बाल्नु भन्दा
उदाहरणिय ती काम गरे हुन्थ्योनी महोदय
उधार्दै कुरालाई कुरैको प्वाल टाल्नु भन्दा ।


जुरमुराउन टाकुरा पनि बोल्दा तिमिले
तर्सिउन प्रमाणहरु कुरा खोल्दा तिमिले
दुराचार, अन्याय अत्याचारको विरुद्धमा
चर्किओस् छाती सत्य छिचोल्दा तिमिले ।


पत्याउ कसरी अपत्यारिला बात तिम्रा
छर्लङ्ग छन् छोपिएका सबै घात तिम्रा
गरेनौ तिमिले जनलाई जेजे गर्छु भन्यौं
थिए सबैको भन्दा माथी ति हात तिम्रा ।

वि.सं.२०७९ असार ११ शनिवार ०५:०७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...