back
CTIZAN AD

कविता : बुर्जुवा शिक्षा !

वि.सं.२०७९ असार १८ शनिवार

1.3K 

shares

डा. खेमबन्धु कोइराला, काठमाडौं

गरिब हो !
जनताका छोराछोरी हो !
किताब–कापी फाल
मास्टर बाँध,
स्कुल जलाउ
क्रान्तिकारी हुन दुधालु गाई मार बोटै खाउ
आउ भीर बन्दूक
जाउ जाउ
प्रहरी, सेना झैँ
मार जो परोस्
सामन्त या गुरु या यात्री
बाल बालिका वृद्ध महिलापुरुष
न हेर
को दोषी न सोँच
ठोक
गर कब्जा कलेजको जग्गा
हामी खन्छौं सुरुङ
भीड्ने हो सामन्तसंग
मूठभेड साम्राज्यवाद संग
विस्तारवादको नाम हटाइदिने विश्वमा
मन्डेलाको अवतरण म
हो उहाँ प्र वादी
लिनु नपर्ने अब माओको नाम
लेनिन, माक्र्स भुत्ते
हिँड बन्दुक भिरेर

नेताका छोराछोरी रे !
तिनका कुरा किन !
त्यस्तो कुरा गर्ने !
गर्ने
अं संझें प्रतिक्रियावादी
तिनका आसेपासे
हिजो मोजमस्ती गर्ने
हत्तेरी
सुन्ने तिनका कुरा !
अन्धभक्त ती सामन्तका
पूंजीवादीका
भारतीय दलाल होलान्
होलान् दरवारिया !
पार्लानु भ्रममा
अथवा संशोधन बादी
पंछे मन्डले !

गर
जयजयकार
पार्टीको
नेताको
क्रान्तिमा होमिएका योद्धाहरु
अघि बढ
उ पर उदाइरहेको सूर्य ठानेर
आजको रुस
चीन संशोधन वाद
पूंजीवाद
हामीलाई दिने सहयोग
हाम्रो हात पार्ने बलियो
पश्चिम दक्षिण अहिले
न भन्नू नि अरुलाई
ती त डाहे
बिन्दास हिँड
लेफ्ट राइट
्जित निश्चित हाम्रो
मेरो न भन्नू नि !

खेकोब ।

 

वि.सं.२०७९ असार १८ शनिवार ०८:०० मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...