back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७९ असार १८ शनिवार

942 

shares

बिष्णु ठकुरी
साई नन्दन, दिलाराम टुङ्ग, दार्जिलिङ

म मात्र एउटा ढाँचा मान्छे हुनुको
कसले पत्याउला मेरो अस्तित्व हुनुको
एक झोंका हुरी बतास आए उडाई लाने
मलाई नै छैन विश्वास यहाँ म हुनुको ।

म हाँस्दा यहाँ मेरा आँखा नै चिम्म हुन्छ
को खुशी भए को भएन अन्धकार हुन्छ
कसरी बखान गरुँ म सबैको मनसाय
भित्री बाहिरी आँखाले नदेखे गाह्रो हुन्छ ।

शरीर मेरो एकमुट्ठीको कसले पत्याउने
आँट गर्न सक्तैनन् मलाई कसैले हत्याउने
नपत्याइनु पनि पक्षपोषक रहेछ कुरा
रुग्ण देखिने ढाँचालाई कसले पत्याउने ।

जता हेर्छु उतै किन देखिन्छ हलचल
जान्ने र बुझ्ने मन हुन्छ अति नै चंवल
चिसो छ मौसम तर हावा छ निकै गरम
बुझी ल्याउँदा हारजीतको रहेछ खलबल ।

आफु त परियो एक अदृश्य छाँया
नगर्नु छ पर्दाफास न कसैको माया
अधर्मी किन बन्नु यहाँ आफ्नै धरामा
यस्तै अर्ती दिइरहने सम्झिन्छु मेरी आमा ।

 

 

वि.सं.२०७९ असार १८ शनिवार ०८:०२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...