back
CTIZAN AD

छन्द मुक्तक

वि.सं.२०७९ असार १८ शनिवार

1.1K 

shares

मचिन्द्र खत्री, धरान, सुनसरी


छन्द : आख्यानकी
गण : ताताजमाराभरगा

आऊ न साथी अब देश भन्दै, तिम्रो र खाँचो किन दूर भाग्छौ
बाऊ न बाऊ मुख बन्द के ले बोली छ साँचो किन दूर भाग्छौ
लुट्ने र खाने जनमात्र बेसी, नेपाल आमाकन साथ देऊ
थाक्दैन गाई अझ दूध देला, ठूलो छ फाँचो किन दूर भाग्छौ ।


छन्द : देवकी
गण : र १ भ ६ गु

शान्त मेरो घरगाउँ कहाँ छ र दाजु र भाइ मिलाप कहाँ ?
मीत मेरो अब छैन यहाँ किन पर्म र दाइँ मिलाप कहाँ ?
मौसमी भेल भयो जनजीवन, यो धनको भरको दुनियाँ
छैन पैसो अनिछैन कुनै प्रिय, पुत्र र दाइ मिलाप कहाँ ?


छन्द : हंसी
गण : ममतनननसगु

यो माटोमा रोपे फल्ला, कृषकजन गर मलजल सदा नै
यो बाटोमा हिड्दा होला, पलपल कठिन जल भल सदा नै
दानादाना खाने फल्ला गहत गहुँ अझ सुनसरि जुनेलो
झार्दै जाऊ तातो धारो सहज खुन अझ भलभल सदानै ।


छन्द : भद्रक
गण : भरनरनरनगु

चञ्चलमात्र खै स्थिर कहाँ गयो र सुख शान्तिको समय यो
मञ्चन नाट्यको छल जता भयो सुख र शान्तिको समय यो
नाटक खेल्दिने असल पात्र देख्छु म सदा यता दिनदिनै
सुन्दर देशमा अब कता रह्यो सुख र शान्तिको समय यो ।


छन्द : मदिरा
गण : सातै छन् भ गुरु

वृद्ध छ मानिस काम्दछ थर्थर छैन कतै घरबास कहीँ
पुत्र छ दानव फाल्दछ ऊ पर छैन कतै घरबास कहीँ
माग्दछ ऊ भिख भोक छ रोग छ तैपनि धान्नुछ जीवन यो
गल्नु छ ढल्नुछ देह छ लर्बर छैन कतै घरबास कहीँ ।

 

वि.सं.२०७९ असार १८ शनिवार ०८:०६ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...