मोहन आचार्य ‘जलद’
युके लण्डन
१.
बिर्सिएको छैन हाम्रो बाल्यकाल
यादका पलहरु झुलिरहन्छन सपनीमा पनि
लेखिरहेछु मैले राम्रो बाल्यकाल
२.
अतित वर्तमान र भविष्य हेरेँ मैले
ज्योतिषी ज्ञान बिना रहस्यबोध गराउँछ मन
यथार्थ जिन्दगीको मनुष्य फेरेँ मैले
३.
शालीन भद्र विवेकी बनेर सम्झिएँ
विभीषण शकुनीकाण्ड आफन्त देखाउँछन्
बिश्वास गरू कसोरी गनेर सम्झिएँ ?
४.
पुर्खौली सबै धर्म कर्म जलेछन्
रगत बगेको देखेको थिएँ सपनामा पनि
निर्दयी देखेँ मर्म शर्म ढलेछन्
५.
समाजको नमूना बन्न सकिन्थ्यो
सानो जिम्मेवारी पाउँदा नलोभिनु हे मित्र !
लोकलाज भुलेर गन्न सकिन्थ्यो
वि.सं.२०७९ असार १८ शनिवार ०८:०७ मा प्रकाशित






























