back
CTIZAN AD

लघुकथाः हर्कीको मुस्कान

वि.सं.२०७९ असार १८ शनिवार

864 

shares

टङ्कबहादुर आलेमगर
त्रियुगा नगरपालिका –११, उदयपुर
१ नम्बर प्रदेश

खेत जोतेर साँझमा घर आइपुग्यो पाँसुले । याँकीमा हल्लुड सिउरेर खोस्टे पिर्का तानि खुइय्या गर्दै पेटीमा थचक्क बस्यो ।

हर्कीले लोग्नेलाई राम्ररी हेरी । थाकेको अनुहार, असारे हिलो छ्यापिएको बिरूप झुस्से दाह्री, असुहाइलो ह्वाङ्ल्याङ्ग कट्टु र ठुटे दौरा । दया जाग्यो मन भित्र । प्रकटगर्ने उपया रोदन सिवाय केही थिएन । देश हकुवाहरूले दिएको उपहार आँशुलाई मैलो मुजेत्रोले पुछ्दै भनि ‘युरिया, पोटास्, डी ए पी, चिनीमल छैनन्’ रे पसलमा । खेत रोपेर के गर्ने ? गावा मै कुपोषित हुने भए । आघुम के खाने । नाँक कान बुच्चे पारेर म्याड्इन इण्डिया लेखिएको पालिसे चामल कहिले सम्म खाने ? खोरियाका मकै युरिया नभएर पहेँलपुर भए । किन यो सरकारले समयमै मलको व्यवस्था गर्न नसकेको ? कृषि प्रधान देश अरे याममा मल बीउ जोहो हुँदैन । कृषकहरू रुन थाले पछि संसदमा कुरा उठ्छ । मन्त्रि खाका कोर्छ । मल ल्याउने, कारखाना बनाउने कुरोको पञ्चामृत बाडिन्छ । नफलेको बाली थन्क्याएर कृषकले भुल्छन् मलका पीडा । पश्चात फायल थन्कन्छन् । सरकार ढल्छ अर्काे मन्त्रि आउँछ । ऊ आफ्नै भाकामा गीत गाउँछ । हाम्रो देशको दुर्भाग्य, समानको भाउ बढेको बढेकै । साधारण नागरिकले बाँच्न हम्ये बन्यो । देशमा आर्थिक मन्दिको परिस्थितिको सङ्का । भोलि भोकै त मर्दैनौँ बख्खेको बाउ ?’ भन्दै हर्कीले प्याच्च थुकी ।

पाँसुलेले हर्की तिर पुलुक्क हेर्दै भन्यो ‘बुढि प्रोढ शिक्षा पढेर निकै बाठी भइछेस् ।’

‘अनि यति कुरा गर्न पनि स्नातक नै गर्नु पर्छ त ।’ हर्की छाती फुकाउँछे ।

डोकोले थुनेको दुइछिवाल चल्लो ओथ्राइ सकेकी पोथीले किरकिर गर्याे ।

‘तँ बाठी भए पछि तेरो पोथी पनि बाठी भइछे । तेरो कुरोलाई सही हो भनि ।’ पाँसुलेले हल्का व्यङ्ग्य कस्यो ।
‘सङ्गतको प्रभाव त पर्छ नै ।’ हर्की मुसुक्क हाँसी ।

हर्कीको मुस्कानले पाँसुले भुतुक्कै हुँदै सोध्यो ‘मैले नसुनेका शब्दमा हेड्मास्टरले जस्तै बोलिस्त । हन कहिले देखि यत्रो बोल्ने भइस् ?’
‘नाम गाम लेख्ने भए छि त्यति कुरो आउँदैनन् त ।’

‘होइन यति पारा मिलाएर भन्न त पढ्नै पर्छ । या कसै बाट सुगा रटाइ हुनु पर्छ । तैले जानेर भनेको अवश्य होइन ।’
हर्की अल्प लजाउदै भन्छे ‘शान्ति म्यामले भन्नु भएको सुनेर नि ।’

‘ए ए । शान्ति म्यामको कुरो सही हो । देशका कृषकले मल नपाउनु, बैँकहरूबाट ऋण नपाउनु, महँगाइले चुचुरो छुनु, देश आत्मा निर्भर नबन्नु, देशका डारु पनिउँ समात्नेकै अदुर्दशीताको फल हो ।’ नाङ्गै, फुस्रै भइ कुरा सुनिरहेको तीन वर्षे छोरोलाई हेर्दै पाँसुलेले भन्यो ‘छोरा इमानदार नेता भएर भविष्यमा तिमीले देश हाँक्ने ल ?’

छोरोले खुशी हुँदै भन्यो ‘हुन्त बुबा ……।’

 

 

वि.सं.२०७९ असार १८ शनिवार ०८:१४ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...