back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ असार १८ शनिवार

870 

shares

‘इलामे जेठो’ (शिव अधिकारी)
माई न प –१०, लुम्बाक, इलाम


साँच्चै भन्दा मानव चोला, अति गहन छ ।
आफ्नो कर्म अनुसार, जतै बहन्छ ।
धैर्य साथ असल कर्म, गर्न सके नि !
देह मट्टी भएपनि, कीर्ति रहन्छ ।


भड्किलो होइन, चटक्क पारी, छासेको जुँगाले ।
अति नै सुन्दर, देखिन्छ साथी, हाँसेको जुँगाले ।
प्रकृतिबाट, पाएको नाशी, पार्लरमा गएर,
न सान दिन्छ, न मान दिन्छ, टाँसेको जुँगाले ।


दिगो हुने कुन हो मसी ? हेर्नु परेन त ?
राम्रो लगाएर कसी, हेर्नु परेन त ?
केही सीमित ठाउँ बन्दा, सबै बनियो कि ?
दूर दराज भित्र पसी,हेर्नु परेन त ?


के भएको छ ?मुलुकमा, हेर्दै हेर्दैनन् ।
जति कराउन् न जनता, टेर्दै टेर्दैनन् ।
नेतृत्वले गर्ने यस्तो, अकर्मण्यताले,
मुलुकको मुहार कहिल्यै, फेर्दै फेर्दैनन् ।


ताक परे देखाउँला, खेला मोफसलको ।
कहिलेकाहीँ परौला नि,फेला मोफसलको ।
हज्जारौंमा भरे त्यही, चूरो हुनसक्छ,
भन्देको छु नगर ह, हेला मोफसलको ।

वि.सं.२०७९ असार १८ शनिवार ०८:१७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...