लक्ष्मी स्मृति, बिराटनगर, मोरङ
१.
हिड्ने फर्की फर्की हेर्छन तिम्रो ईशारा देखेर
युवा जिब्रो पड्काउँछन् कामुक नजारा देखेर
आधा ढाकिने आधा देखिने कस्तो हो त्यो वश्त्र
बुढामान्छे जवान हुन्छन् नक्कले पारा देखेर ।
२.
तिमी भए पछि खासमा जे पनि हुनसक्छ
एकान्तको त्यो बासमा जे पनि हुनसक्छ
लामो समय किन चाहियो ईच्छा पुर्ण गर्न
मन मिले त एकै साँसमा जे पनि हुनसक्छ ।
३.
आँखा छन् सबैका आखिर जस्ले पनि हेर्छ
ब्यर्थै तिमी किन मान्छौ पिर जस्ले पनि हेर्छ
देख्दै मन बिग्रिने भए कस्ले हेर्थ्यो नियाली
छ गोरो मुहार सलक्क शरिर जस्ले पनि हेर्छ ।
४.
ईशारा गर्दै ख्वाक खोक्छौ किन होला कुन्नि
नजिक आएर नजर रोक्छौ किन होला कुन्नि
प्यास भए, आस भए भन्दिए हुन्थ्यो सामुन्ने
मुख मिठ्याउँदै जिब्रो टोक्छौ किन होला कुन्नि ।
५.
मन्द मुस्कान नजर ति भाला बिर्सनै गाह्रो छ
मदहोसी ओठ गुलाबी गाला बिर्सनै गाह्रो छ
मनभरी कैद भएपछि तन टाढा भएर के गर्नु
जति गरे पनि त्यो रात साला बिर्सनै गाह्रो छ ।
वि.सं.२०७९ असार १८ शनिवार ०८:१८ मा प्रकाशित






























