back
CTIZAN AD

छन्द कविता : कृषक

वि.सं.२०७९ असार १८ शनिवार

2.2K 

shares

किशोर कोइराला, इनरुवा, सुनसरी

भिजेको माटोमा पुलकित हुँदै खेल्छु म भनी
हिलो पानी बर्षा हर तरहले झेल्छु म भनी
सुगन्धी माटोमा रसमय सुधा भेट्छ जसले
अनौ पक्री आफ्नै कर कमलले जोत्छ उसले । १

कता छौ लौ आओ अव युवक आफैँ श्रम गर
बनाओ आफैँले श्रम शिखरको सुन्दर घर
भनी बाँझो फोर्दै खलखल सधैँ पोख्छ पसिना
यहाँको पाखोमा कृषक जहिले देख्छ सपना ।२

हुरी बर्षा बाढी प्रतिकुल हुदाँ दिक्क नहुने
सधैँ खेती गर्दा मुदित मनले मस्त रहने
असारे भाखामा मुखरित हुँदै मादलसँग
खुसी हुन्छन् सारा कृषक नभको बादलसँग। ३

हिमाली हावाको सरसर सँगै शीतल हुँदा
पहाडी पाखामा कलकल गरी नीर बहदा
स्वयम् बालीनाली सँग मदिर हुन्छन् हरघडी
सधैँ माटो खोस्री कृषक श्रम गर्छन् अघि बढी ।४

छ माटो नै हाम्रो हिमशिखरको आँगनभरि ।
छ माटोकै माया कृषक जनको स्पन्दन भरि ।
छ माटोमा हाम्रो नमित मनको अर्चन सधैँ
छ माटोमै सारा कृषक जनको वन्दन सधैँ ।५

छन्द : शिखरिणी

 

वि.सं.२०७९ असार १८ शनिवार ०८:२० मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...