राधा पाण्डे, गैंडाकोट न.पा. नवलपुर
वसन्तमा खित्खिताएका
फूल मञ्जरी हेर्दै
म घोत्लिइरहेको थिएँ
हुन्हुनाउदै आएर आँगनमा
त्यो हावाको झोक्का
मेरो वरिपरि घुमिरह्यो
मलाई सर्वाधिकार छोयो
छोइरह्यो ।
हावाले मलाई बलजफ्ती
आफूतिर केन्द्रित गर्यो
म अबोध सरह हेरिरहे
त्यो अदृश्य महसुसले
म अलमल हुँदैमा
ऊ आकार भयो
एक ढिक्का भयो
च्यात्तिएर बीचबाट
त्यो ढिक्काले
आलो घाउ देखाउदै भन्यो–
यो निकै गहिरो छ
पिडादायी छ
भतभत पोल्छ
यो चस्किन्छ
यही घाउको पिडाले
म स्थीर हुन नसकेर
जहाँ तहिँ दौडिरहेको छु
मलाई यो घाउ धेरै दुख्छ
बोल्दै गरेको संवाद रोकेर
उसले म प्रति केही अपेक्षित
दृष्टि ओच्छ्यायो
उसले मलाई देखाएको त्यो घाउ
च्यातिए जसरी बिस्तारै,
बिस्तारै छोपिदै गयो
उस्को आकृति सुस्त, सुस्तगरी
सिमलको भुवा जस्तै उड्दै,
उड्दै अलिपर पुग्यो
परै पुगेपछि
एकपटक,
धमिलो छाँया बनेर
मतिर फर्किएर
बेस्सरी चिच्यायो ऐईया ….
च्यात्तिएर बीचबाट
त्यो ढिक्काले
आलो घाउ देखाउदै भन्यो–
यो निकै गहिरो छ
पिडादायी छ
भतभत पोल्छ
यो चस्किन्छ
यही घाउको पिडाले
म स्थीर हुन नसकेर
जहाँ तहिँ दौडिरहेको छु
मलाई यो घाउ धेरै दुख्छ
बोल्दै गरेको संवाद रोकेर
उसले म प्रति केही अपेक्षित
दृष्टि ओच्छ्यायो
उसको त्यो चित्कार सुनेर
म उतैतिर दौडिए,दौडिरहें
त्यो छाँया,
अदृश्य हुँदै हुन्हुनाउदै,
हृदयका पत्रपत्रमा स्पर्श गरेर
सर्रर उड्यो, गयो
ऊ गएको छट्पटी र अत्यासमा थिएँ
म झल्यास्स ब्यूँझिएँ
प्रायः मान्छेहरु सपना पुग्छ भन्छन्
घाउ त म संगै थियो
कदाचित यो सपनाले फल दियो भने,
म अर्को घाउ उपहार पाउने भएँ
के गरुँ !
म पनि छाती च्यातेर घाउ लुकाउँ कि,
फेरि उहीँ सपना देखेर फिर्ता दिउँ
अब,
अब सपना देखिनेगरी निंद्रा लाग्ला नलाग्ला
म स्वयं घाईते छु
उपहारमा पाएको यो घाउ
म के गरुँ !
वि.सं.२०७९ असार २५ शनिवार ०९:३६ मा प्रकाशित





























