back
CTIZAN AD

लघुकथा : कालो भोट

वि.सं.२०७९ असार २५ शनिवार

1.1K 

shares

बाबुकाजी सुवाल ‘विकेश निरासी’
चाँगुनारायण, भक्तपुर

बिहान सबेरै दिनेशलाई उसको बच्चैदेखिको साथीको फोन आयो । ‘दिनेश यसपालीको चुनावमा म सभापतिमा उठ्दैछु नि । तिम्रो परिवारको सबै भोट मलाई है ?’ उसले फोनमा भन्यो । चुनाव नसकिएसम्म दिनको एकपल्ट फोन नगरेको दिनै भएन ।

चुनाव सकियो । मंगले सभापति भयो ।

एकदिन दिनेशलाई समस्या पर्यो । उसले मंगलेलाई सम्झियो । उसले फोन मंगलेलाई फोन गर्यो । ‘को बोल्नुभएको ? हेलो ….. हेलो ….. हेलो …. । के हुन्छ यो नेटवर्क ….. ? केही सुनिएन ।’ उताबाट बोलेको सुनियो । लगतै फोन काटियो । त्यसपछि त्यो नम्बरमा कहिल्यै फोन लागेन ।

 

वि.सं.२०७९ असार २५ शनिवार ०९:३७ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...