back
CTIZAN AD

गजल

वि.सं.२०७९ असार २५ शनिवार

819 

shares

पौडेल विमुन्स, पोखरा, कास्की

अँध्यारो फाल्न दीयोले खुबै ऊर्जा भरेको छ
खुला मैदानमा मायाँ बिना लज्जा जलेको छ

म यस्तो यारको खोजी गरी जङ्गल घुमेँ धेरै
त्यहाँ मैदानमा तिम्रो हिया पर्खी बसेको छ

नयाँ यो रात जीवनको नभुल्नू चोट खाँदैमा
पसी हेर्नू कुना काप्चा खुशी यसमै लुकेको छ

कहाँ छौ दूर जग्गामा अँगालो भर्न चाहन्छु
तिमी पाई मलाई दीर्घ सन्तुष्टी चढेको छ

दिलाऊ दिव्य यस्तो याममा आँखा जुधाऊँ है
तिमी सङ्गै निदाऊँ काखमा यस्तो भएको छ

बहर : हजज मुसम्मन सालिम

 

वि.सं.२०७९ असार २५ शनिवार ०९:३८ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...