सीता घिमिरे, धुर्कोट, गुल्मी
म सुन्दरता सँगै बास्ना छरेर बस्छु
आउनु मलाइ खोज्दै
एकआपसमा जोड्ने सेतु,
बगैंचामा
वरिपरि काँडेतारले बेरिए पनि
छेक्ने छैन हामीलाई भेट्न
घोलीन्छौ
तिमी बिउको टुसा जस्तै उम्रनु,
माँयाको जालमा पर्दै,
हुर्कने फुर्कने
जती जे छौ तिमी प्रेमको झाल भित्र,
फैलिदै नृत्य र गीतको धुनमा
गनगन गरि घन्कदै तिमि,
पन्छाउदै काँडा
हात समाएर हिंडाउने
साँच्चिकै तिम्री भँमरा बन
रहरलाई फुलाउँछु म
सिर्जनामा भँमरा बनेरै डुल्नु
साथमा बस्दै गाउनु पिरतीको गीत
तिमी,
कहाँ छौ,
के छौ थाहा छैन मलाई
तर
पनि म फुलिरहेछु तिम्रो लागी
तिमी नदी बन्नु
म पनि पौडिने छु भुलमा,
निरन्तरको यात्रामा म फूल
तिमी भँमरा बनिरहनु
यो जिन्दगीको बगैंचामा
दुःख र सुख नियाल्दै,
आइपरेका समस्यालाई चिथोर्दै,
फेरि मलम लगाउने छौ विश्वासको
तिमी भँमरा अनि म फूल ।
वि.सं.२०७९ असार २५ शनिवार ०९:३० मा प्रकाशित






























