कालीचरण बस्नेत
थाहा नपा, मकवानपुर
(१)
हामी नेपाली
हाम्रो नेपाल
राखौं सम्हाली
(२)
नेपाल प्यारो
यो जन्मभूमि
तिम्रो र हाम्रो
(३)
विश्वकै अग्लो
सगरमाथा
देशको शोभा
(४)
त्यो राष्ट्रघाती
गर्दैछ घात
स्वदेश माथि
(५)
छ देशभक्त
छैन सशक्त
बन्यो अशक्त
(६)
लाचार मान्छे
बन्दैन देश
लोभिए भान्से
(७)
छद्म भेषमा
जासुसी तत्व
हाम्रो देशमा
(८)
हटेन त्रास
लागेछ क्यारे
सतीको श्राप
(९)
लाज पचेका
जाली फटाहा
खानपल्केका
(१०)
कुम्ल्याए कुस्त
यो देश हाम्रो
पारेर ध्वस्त ।
वि.सं.२०७९ साउन ७ शनिवार ०७:५३ मा प्रकाशित






























