वसन्त अनुभव,घोराही, दाङ
१
पानी दर्केर आयो
त्यसै त्यसै मन भैदियो भारी
मुटु चर्केर आयो
२
हेर्दाहेर्दै हार भयो
सोचेजस्तो रहेन मेरो जिन्दगी
विशुद्ध ब्यापार भयो
३
मेहेन्दी हातमा चुरा छ
चट्ट मिलेको जिउडाल आहा !
कमी छैन कुनै पूरा छ
४
मायामा हित हुन्छ
चोखो माया गर्नेहरू नडराओ
सत्यकै जित हुन्छ
५
आँसुको मूल भयो
मेरै कारण पर्यौ समस्यामा
मबाट भूल भयो !
वि.सं.२०७९ साउन ७ शनिवार ०७:५६ मा प्रकाशित






























