back
CTIZAN AD

स्वतन्त्र गजल

वि.सं.२०७९ साउन ७ शनिवार

789 

shares

लक्ष्मी स्मृति,बिराटनगर, मोरङ

जहिल्यै मरिन्छ कि भन्दै भय गर्यो सकियो ।
बाँचुञ्जेल बाँचेको अभिनय गर्यो सकियो ।

काँधमा चढी सिकार गर्छन् बाङ्गा सधैभरी
सोझा उफ्री तिनकै जय जय गर्यो सकियो ।

मोज गर्ने नेताहरुले नै हो पदमा बसुञ्जेल
जनताले त एकपल्ट परिचय गर्यो सकियो ।

साँस चलुञ्जेल मान्छे मान्छे बन्न नसकेपछि
अन्तिम यात्रा उहि घाटको तय गर्यो सकियो ।

मेरो प्राण,मुटुको टुक्रा यि सब जालो रहेछ
यथार्थमा सन्सार चलाउने लय गर्यो सकियो ।

वि.सं.२०७९ साउन ७ शनिवार ०७:५९ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...