राजेन्द्रकुमार बज्राचार्य
कोटेश्वर, काठमाडौं
जब रवि उदित, हरपल हिम गिरि ।
तब कवि उदित, हर डगर शिखरी ।।
कवि हर प्रहर, छ मनन मनुजका ।
नियम विनियम, सब कृत सफलका ।।१।।
उठ न हर दिन, शुभ वचन मनमा ।
गुण अवगुण नि, बुझ सकल जनमा ।।
प्रणय विनय छ, जगतभर कविका ।
प्रणत सविनय, गुणकर छ रविका ।। २।।
प्रथम अभिनव, किरण छ रविका ।
सुखद क्षण सब, तन,मन सविता ।।
सरल अनुभव, किरण छ रविका ।
मनुज कृत सब,छ परिभव रविका ।।३।।
सुकवि मनमय, मनरथ मनुजका ।
वचन छ रसद, भवरथ तनुजका ।।
सकल जनमन, शिवमय अनुजका ।
तनमन सबल, धनमय सुजनका ।।४।।
तन, मन, वचन,परहित सकभर ।
धन,जन प्रथम, निहित गरिब पर ।।
सकभन छ रवि,जनजन पर कवि ।
सबतिर वचन,तब प्रतिपद छवि ।।५।।
रवि नभ भ्रमण, कवि छ जलशयर ।
जगतमय रवि, जगत कवि पयर ।।
मनन अटल छ,गमन छ सब नभ ।
सब नव किरण, पवन शमन भव ।।६।।
छन्दः चन्द्रावर्ता
लक्षण :चन्द्रावर्ता नौ नौ स्
गण : न न न न स
संकेत : ।।। ।।। ।।। ।।। ।।ऽ
यति : ७ अक्षरमा ।
वि.सं.२०७९ साउन ७ शनिवार ०८:०३ मा प्रकाशित






























