back
CTIZAN AD

छन्द : पहिचान

वि.सं.२०७९ साउन ७ शनिवार

1.1K 

shares

मोहन गौतम, गान्तोक, सिक्किम

नेपाली प्रिय भाइबन्धु मन हो, लेख्ने र पढ्ने गरौँ
भाषा भूषणको बुझेर महिमा शोभा सुनौला छरौँ ।
भाषा शुद्ध बनोस् समस्त जनको, हेप्नै नसक्ने गरी
डङ्का पिट्नु सबै मिलेर थलमा, सर्वत्र नाना थरी ।१।

अग्लो पर्वतझैँ सदैव शिरमा, टोपी रहोस् ढल्कने
नेपाली खुकुरी भिरेर पटुकी हाम्रो रहोस् टल्कने ।
खस्रो बोल्नु हुदैन हे मनुज हो, बोलौँ सधैँ नै मिठो
भर्ने काम गरौँ स्वदेश दुनियाँ, बोलेर बोली टिठो ।२।

चौबन्दी फरिया धरौँ वदनमा, हाम्रो चिनारी छ जो
नौगेडी गहना झपक्क तनमा, औधी सुहायो अहो ।
मुर्चुङ्गा मुरली सुरम्य मुखले, मीठो बजाऔँ धुन
ठोकौँ मादल तालमा घिनिघिनी,हे बाबुआमा सुन ।३।

पुर्खाको कति त्याग दान बलले, धर्ती जितेका थिए
गाह्रो कार्य थियो उसै बखतमा, भाषा थमाई दिए ।
भाषा मान्य भयो ठूलो मुलुकमा नाच्दै रमाऔँ सब
बन्नै पर्दछ फुर्तिलो जन सबै, के मान्नु अल्छी अब ।४।

बाजी हार्नु पटक्क हुन्न कहिले ,बिर्ता जगेर्ना गरौँ
गोर्खे वीर भनेर चिन्छ दुनियाँ त्यो नाम रक्षा गरौँ
हेर्दा सुन्दर होस् स्वदेश नगरी, देखेर लोभ्याउने
गाढा प्रेम बनोस् समस्त जनमा,सानिध्य झल्काउने ।५।

छन्द : शार्दूलविक्रीडित

 

वि.सं.२०७९ साउन ७ शनिवार ०८:०५ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...