back
CTIZAN AD

लघुकथा : मित्रवत रिँगटा

वि.सं.२०७९ साउन ७ शनिवार

843 

shares

डा. विदुर चालिसे, काठमाडौं

जोखाना हेर्ने जोतिसले एकदिन ‘इरोटिक कविता–कल्प’ को बारेमा व्याख्यान सुन्न भोजको आयोजना गरेर कविहरूलाई बोलाए । उनले सुटुक्क आफ्नो एउटा कविता कुर्ता सुरालको पकेटबाट झिकेर गाउन थाले । उनको कविताको लय थियो ।

‘समालोचना !’

कविताको शीर्षकचाहिँ समसामयिक विषयको अब्बल थियो । ‘विमोचन !’

त्यो कविताको भोजमा जाने रहर मलाई पनि थियो तर अवसर मिल्नसकेन । बालिष्टमाथि उपरखुट्टी लगाएर बसिरहेको मेरो ध्यान कसोकसो अन्तै मोडियो । मोडदामोड्दै मनमनै अनायास एउटा तर्कना उठ्यो । तर्कनाको साथमा भावुकताको चाप्लुसी पनि उडिरहेको थियो । अलौटा मकैको पटपट आवाज कानमा सुनिन्थ्यो । खिस्स पर्थेँ । खुच्चिङ हुन्थेँ । सम्झन्थेँ । मुखबाट मेरा शब्दहरू निस्के ।
‘म न झाँक्री, न वैद्य, न चिकित्सक !’

बालिष्टमा आराम गरिरहेको ठाउँमा आएर बुढी मैयाँले कानैमा आएर भनिन् ।

‘हजुर त खासमा बोक्सी नै हो, सबलाई डस्ने !’

मैले पनि उनलाई मनको ठुँग मार्दै छिल्लिएर भन्न भ्याइहालेँ ।

‘तिमी पनि नागिन हौ नि त !’

यसै बीच तत्कालै एकजना मित्रको जिस्किएर मेसेन्जरमा कल आयो । मैले खासै उठाइन । उठाउनका लागि कुनै अधिकार थिएन । उनको स्वभाव यस्तै लाग्थ्यो । घरिघरि उडिरहने मित्रले फेरि न्वारान देखिको बल लगाएर मेसेज लेखेर पठाए ।
‘धन्दा मान्नु पर्दैन, हुन्छ !’

‘के हुन्छ ?’

‘काम हुन्छ तर अलि गडबड छ !’

उनले बोलेको गडबड शब्द सुनेपछि मेरो मनमा बेला बेलामा मित्रको रोग बारे सोधेँ ।

‘साइक्रयाटिक प्रोब्लेम ?’

उनी झस्किन थाले । उनको लेखाइका बर्णहरू लर्बरिन थाल्यो । उनको हातको ओैंला कसो दायाँबायाँ पुगेर छटपटिएर रहेझैं शब्दहरू मेसेन्जरमा बर्सिन थाल्यो । उनले हतारमा एक शब्द लेखे ।
‘सरि !’

वि.सं.२०७९ साउन ७ शनिवार ०८:०७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...