बेदु न्यौपाने, काठमाडौ
१.
नचिनेको मैले मायालुलाई,
छेउमा मेरो बसिदेउ आई ।
२.
बोली मिठो छ कुराको त्यो खास,
देश चलायो दुष्टको भो बास ।
३.
साम्राज्य थर्काउने पुर्खा थिए,
स्यालले रजाइँ गरेर लिए ।
४.
सत्ताको आँखामा परेछ फुलो,
गरिबको देखेन चिसो चुलो ।
५.
श्रावण मास मुठ्ठी दान सार,
आमाको माया छ अपरम्पार ।
वि.सं.२०७९ साउन ७ शनिवार ०८:१० मा प्रकाशित






























