राधिका पुरी सानू, ललितपुर
१
बिना कारण
किन होला गरेको
मन हरण ।
२
धुरी जलायो
बैगुनीले मुटुमा
छुरी चलायो ।
३
राम्रो गरिन्छ
पाप गरे अबस्य
नर्क परिन्छ ।
४
बाजा बजाको
किन होला दुलाहा
यति लजाको ।
५
लेख्न पाईन्छ
नमरी कहाँ स्वर्ग
देख्न पाईन्छ ।
६
हरेक वर्ष
असार आउछ है
लिएर हर्ष ।
७
अब अति भो
भ्रष्टाचारी बाँदर
पशुपति को ।
८
देश छोडेर
जान कहाँ मन छ
माया मारेर ।
९
देश बन्दैन
गाई मार्ने समाज
आमा गन्दैन ।
१०
बाढी पहिरो
नालायक सर्कार
बन्छ बहिरो ।
वि.सं.२०७९ साउन ७ शनिवार ०८:१७ मा प्रकाशित






























