back
CTIZAN AD

कविता : मेरो दुश्मन

वि.सं.२०७९ साउन १४ शनिवार

822 

shares

भुवन शिवाकोटी चौघरे,काठमाडौं

मेरो दुश्मनलाई
हर हमेसा एउटै पीर छ

सधै हाँसेर हिड्छु

मेरो आँखामा
कहिल्यै बाढी आउदैन
मेरो घरको कौशीमा रातै फूलहरू
ढकमक हुन्छन्

उसलाई अझै ठूलो पीर छ
मेरो घरमा
हुरी
आँधीमा पनि दियो बलेको हुन्छ

तर
उसलाई थाहा छैन
उसको घर अँध्यारो देख्दा
म कति दुखि छु

आखिर

मेरो छिमेकी हो
उसको घर अँध्यारो हुँदा
मेरो आँगनमा पनि छायाँ हुन्छ


उसको आँगनमा अँध्यारो मेटाउन
उसँग
उज्यालो बाँड्न चाहन्छु
तर ऊ
मैले सल्काइदिएको दियो निभाउछ

अँध्यारो झ्यालबाट
मेरो चुलो नियाल्दै
मुर्मुरिन्छ


उसलाई सुन्छु
मेरो उज्यालो दियोले
उसको हृदयमा जलन छ
तर
उज्यालोबाट अँध्यारोमा

उसको ईर्श्या देख्दिन


मेरो छिमेकी हो

वि.सं.२०७९ साउन १४ शनिवार ०८:२३ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...