रचना शर्मा प्रतीक्षा
महालक्ष्मी नपा–४, इमाडोल, ललितपुर
१.
चिटिक्क पारेर चट्ट
गरिहाल काम फट्ट ।
२.
समयलाई चिन्नु
अवस्था हेरी किन्नु ।
३.
सबेरै जस्तो लाग्ला
मौका फुत्केर भाग्ला ।
४.
सृष्टिको नगर हेला
जीवन होइन रेला ।
५.
मानेर खाऊ मिठो
असल शुद्ध पिठो ।
वि.सं.२०७९ साउन १४ शनिवार ०८:२४ मा प्रकाशित






























