back
CTIZAN AD

लघुकथा : रत्नपार्क

वि.सं.२०७९ साउन १४ शनिवार

846 

shares

वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ

हायसबाट उत्रेर नजिकैको यात्रु प्रतीक्षालयमा बसेको मात्र के थिएँ; मोबाइलले कानै फुटाउँलाझैँ गर्यो ।
‘कहाँ छस् यार ! काठमाण्डु आउँदै छस् भन्ने सुनेको छु । कहिले हिँड्छ्स् त्यहाँबाट ?’ सानैमा राजधानी भाँसिएको मित्रले फोनमा भन्यो ।

‘आउदै छ्स् होइन् आइसकेँ ! नजिक छस् भने आइज् न रत्नपार्कमा; यतै भेटौँ !’ मैले भने ।

‘रत्नपार्क ..? त्यहाँ भेट्ने र ! ….. ल ल ।’ अचानक तर्सिदै उसले भन्यो र फोन काट्यो । लगत्तै मोबाइल फेरि चिच्यायो ।

‘सालाजी ! कत्ता आउनु भो ? फोन नलागेर कम्ता हैरान भैन । अहिले बल्ल लाग्यो ।’ राजधानी बस्ने भेनाले फोनमा भने ।

‘काठमाण्डु आइसकेँ भेना । अहिले रत्नपार्कमा छु ।’ मैले खुसी हुँदै भने ।

‘रत्नपार्क ??…हस् सालाजी ! म आउँछु ।’ भेनाको आवाजमा तर्साइ थियो ।

‘रत्नपार्क नाम सुन्नेबित्तिकै तिनीहरू किन तर्सेको होलान् ?’ मैले अनौँठो मानिरहेको थिएँ । तर्सनुको कारण नियाल्न सडक बत्तिको उज्यालोमा यसो दायाँबायाँ नजर लाउदै थिएँ ।

‘ओइ सोल्टी ! जाने हो ?’ अघिदेखि मलाई नियालिरहेकी एउटी अर्धनग्न युवती नजिकै आएर फुसफुसाईन् । ‘म त निकै मिलाएर लिन्छ क्या !’ हेरे, परबाट अर्की युवतीले आँखा सन्काउँदै थिई ।

‘साथी, भेना कतिबेला आउलान् !’ मलाई अत्यास लागेर आयो । अघिसम्म रत्नपार्क नामले मान्छे तर्सनुको कारण नजानेको म यतिबेला भने प्रष्ट भइसकेको थिएँ ।

वि.सं.२०७९ साउन १४ शनिवार ०८:२५ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...