back
CTIZAN AD

छन्द कविता: मान्छे जीवन र जगत

वि.सं.२०७९ साउन १४ शनिवार

1.7K 

shares

सृजना सरोवर, गाईघाट, उदयपुर

कालो बादल धुम्म हुन्छ नभमा ढाकेर आभा सबै
भुल्दैनन् शशिले तथापि कहिल्यै गन्तव्य आफ्नो कतै
औंसीको प्रतिशोध या भय भए ती चाँदनीमा रति
केकानिम्ति उदाउँथिन् र सुकला पारेर आफ्नो मति ।१।

उम्रन्छन् नव आँकुरा सकसको सङ्ग्राम ठूलो लडी
बढ्छन् घाम शितोष्ण उष्ण सहँदै झेल्दै अनेकौं झरी
रक्षा केवल गर्दछिन् प्रकृतिले खाना र दाना दिई
छर्छन् वास बनेर फूल तिनले मुस्कान मीठो लिई ।२।

त्यस्तै माथि हिमालबाट झरना खोला र खोल्सा बनी
लड्दै युद्ध विभिन्न हण्डर तथा बाधा तगारा सही
प्यासी हुन्छ खुदै तथापि जलले कैयौं भरी गागर
फर्केको पछि देखिँदैन कहिल्यै गन्तव्य हो सागर ।३।

हो यो जीवन एक युद्ध सजिलै चल्थ्यो र के जीवनी
सोचौँ पार्नु छ दिव्य शीतल अझै मैले भनी मेदिनी
मेरो नित्य सुकर्मबाट म छरूँ सुज्ञान सञ्जीवनी
मेरो जीवन धन्य पार्न म सकूँ पोखेर मन्दाकिनी ।४।

सर्वोत्कृष्ट विवेक आर्जन गरौँ मान्छे बनी जन्मियौँ
यो चैतन्य कतै नहोस् क्षय सदा सन्मार्गमा लम्किऔँ
आफ्नोमात्र हुँदो गरौँ न जहिल्यै सत्प्रेम जागा गरौँ
खाली कागजमात्र जीवन बुझी बुट्टा सुनौला भरौँ ।५।

छन्द : शार्दूलविक्रीडित

वि.सं.२०७९ साउन १४ शनिवार ०८:३५ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...