
पौडेल विमुन्स,पोखरा, कास्की
भन्न चाहन्छ आँखाले खुली रहूँ रातभर
तिमीसँगै अँगालोमा झुली रहूँ रातभर
तिर्सनाको सीमारेखा कति–कति मनमा
पानी भित्र चिनी जस्तै घुलीरहूँ रातभर
तिमी दूर तर्किईँदा तड्पिए झैँ लाग्छ किन
तिम्रो उही तस्बिर बोकी डुली रहूँ रातभर
तिम्रा औँला भित्र पसी चित्र बन्न मन थियो
गुलाफ बनी बास्ना छर्न फुली रहूँ रातभर
नजाऊ न प्यारा तिमी बढ्छ मेरा तिब्र इच्छा
खोली दिलको मूल ढोका हुली रहूँ रातभर