back
CTIZAN AD

कविताः शान्ति क्षेत्र नेपाल

वि.सं.२०७९ साउन १४ शनिवार

933 

shares

अर्जुन शर्मा निरौला
गीतखोला,कालेबुङ भारत

पृथ्वीको श्रीपेच, सगरमाथा मुकुट
हिमाल,पहाड, नदी अनि तालहरूको देश नेपाल ।
मन्दिर,देवधाम हरियो वन
सयौं थुङागा फूलका एउटै माला नेपाली
चन्द्र सूर्य राष्ट्रिय प्रतिक भएको
मेरो पुर्खाहरूको देश ।

शान्ति क्षेत्र नेपाल
राजा भएको नेपाल
बिष्णु अवतार मानिएका राष्ट्रनायक
दन्ते कथा भयो आज ।
शान्ति क्षेत्र नेपालमा
खोलो बग्यो रगतको ।
भाइले भाइलाई मारे, आफ्नुले आफ्नैलाई काटे
श्रीपेच मासे, स्वतन्त्र बने जनता
पृथ्वीनारायण शाहले एक सुत्रमा बाँधेको मुलुक
टुक्रा टुक्रा पारे, जात जातमा बाँडे
लिम्बुवान, खम्बुवान, ताम्शालिङ यस्तै यस्तै…
खोइ ? सयौँ थुङ्गा फूलका एउटै माला नेपाली ?
खोई ? पृथ्वी शाहको सिङ्गो नेपाल ?
खोई ? विशाल नेपाल ?
घटिरहेछ भूभाग
लुटिरहेछन् बैरीहरूले
लुछालुछ गरिरहेछन्
मुकुट बिहिन राजाहरू, श्रीपेच हत्याउन ।

शान्तिका अग्रदूत
सिद्धार्थ गौतम जन्मेको देश
राजा जनकको जन्मभूमि
रोईरहेछ नेपाल
आंशु झारिरहेछ पुर्खाको मुलुक
घटिरहेछ साँझ सिमानाहरू
लुटिरहेछन् देशको माटो
चतुर छिमेकीहरू मुलुकहरू
लाप्पा खेलिरहेछन्
एकाअर्कामा हिमाल पुत्रहरू
राजनैतिक चौकी हत्याउन
मेरो पुर्खाको मुलुक
विश्व मानचित्रमा रहला के त ?
शान्ति क्षेत्र नेपाल
मेरो पुर्खाको मुलुक ।

वि.सं.२०७९ साउन १४ शनिवार ०८:४५ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...