back
CTIZAN AD

पोल्यान्डमा नेपाल युरोप ट्राभल समिट कार्यक्रम सम्पन्न

वि.सं.२०७३ चैत १२ शनिवार

954 

shares

poland-ma-nepal-bharaman“वन्स मोर नेपाल” नारा अगाडि सारेर नेपाल पर्यटन बोर्डको आयोजनामा केही ट्राभल एजेनन्सीहरुको सहकार्यमा पोल्यान्डको राजधानी वारसवामा नेपाल युरोप ट्राभल समिट कार्यक्रम नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दिपक राज जोशिको उपस्थितिमा सम्पन्न भएको छ । विभिन्न देश जर्मनी चेक हुँदै पोल्यान्डमा समापन भएको ट्राभल समिट युरोप कार्यक्रममा नेपाल पर्यटकीय गन्तव्य स्थल भएको विभिन्न ट्रेकिङ स्थल भएको र धेरै भन्दा धेरै हिमालहरुहरु चढ्न पोलिशहरु मन पराउने हुँदा नेपाल यात्रामा आगामी दिनमा पोलिशहरु लगायत युरोपियनहरु पनि बढ्दै जाने महशुस आफुले गरेको जानकारी गराउनु भयो । नेपाल सुरक्षित ठाउँ भएकोले आगामी दिनमा ढुक्क भएर नेपालको यात्रा गर्न सकिने जानकारी उपस्थित भएका पोलिशहरुलाई गराईएको थियो ।

poland-ma-nepal-travelनेपाल पोल्यान्ड बारेको सम्बन्ध एवम समानता पोल्यान्डको नेपाल प्रतिको चासो बारेमा एन आर एन पोल्यान्डका अध्यक्ष डा बोधराज सुवेदीले गराउनु भएको थियो भने पोलिश नागरिकहरुले पनि नेपालको बारेमा उत्साहित हुँदै आफ्नो विचार व्यक्त गरेका थिए । उक्त कार्यक्रममा एनआरएनए आइसीसी सदस्य तथा डा अलिनी पोखरेल सुवेदीको पनि उपस्थिति थियो ।नेपालको बारेमा प्रोजेक्ट प्रस्तुतीकरण पर्यटन बोर्डकी प्रतिनिधि श्रद्धा श्रेष्ठले गर्नुभएको थियो ।

झन्डै ७० जना पोलिश नागरिकहरु उपस्थिति भएर नेपालको बारेमा उक्त कार्यक्रममा सहभागी भएका ट्राभल एन्ड टुर एजेन्सीसित जिज्ञासा राखेका थिए । हिमालय रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा पोलिशहरुलाई नेपाली खानाको स्वादले आकर्षित गरेको थियो ।

पोल्यान्डमा सम्पन्न भएको उक्त कार्यक्रम गर्नको लागि श्री सोम सापकोटा एवम श्रद्धा श्रेष्ठको सहजिकरणमा रेस्टुरेन्ट संचालक श्रीमती रितु न्यौपानेलाई सम्पर्क गराइ मित्रलाल पार्देले हिमालय नेपाल रेस्टुरेन्टको व्यवस्था मिलाइदिनु भएको थियो ।

वि.सं.२०७३ चैत १२ शनिवार ११:०६ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...