back

महालक्ष्मी बैंकको नाफा ४४.२१ प्रतिशतले वृद्धि

वि.सं.२०७९ साउन २२ आइतवार

132 

shares
NTC AD
Global IME AD

काठमाडौं । महालक्ष्मी विकास बैंकले बैंकले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ४४.२१ प्रतिशतले नाफा वृद्धि गरेको छ । बैंकले आर्थिक वर्ष ०७८/७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको हो ।

बैंकले प्रकाशित गरेको आर्थिक वर्ष ०७८/७९ को अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवमा ६६ करोड मुनाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १८.०८ प्रतिशतले बढेर १ अर्ब ८९ करोड २० लाख पुगेको छ । बैंकले असार मसान्तसम्म ४५ अर्ब ८९ करोड ८३ लाख निक्षेप संकलन गरेर ४० अर्ब ४२ करोड १९ लाख कर्जा लगानी गरेको हो ।

बैंकको निक्षेप र कर्जा क्रमश ३९ अर्ब ८८ करोड १२ लाखबाट १५.०९ प्रतिशत र ३५ अर्ब ७९ करोड ४४ लाखबाट १२.९३. प्रतिशतले बढेको हो । आर्थिक वर्ष ०७७/७८ मा निष्कृय कर्जा अनुपात २.८० प्रतिशत रहेकोमा आर्थिक वर्ष ०७८/७९ मा ०.३७ प्रतिशतले सुधार भई २.४३ प्रतिशत पुगेको बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आवमा २० प्रतिशत बोनस सेयर दिएर ४ अर्ब १ करोड ८ लाख पुयाएको छ । बैंकको प्रतिसेयर आम्दानी १९.७५ रुपैयाँ बढेर २३.७३ रुपैयाँ पुगेको छ ।

यस्तैगरी, बैंकको पूँजी पर्याप्तता अनुपात ११.९४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा शेयरधनी पूंजी कोष ५ अर्ब ५७ करोड ९३ लाख रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा सेयरधनी पूंजी कोष ६ अर्ब ४२ करोड ९ लाख रहेकाे छ ।

ऋणपत्र निष्काशन गर्दै महालक्ष्मी विकास बैंक, बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

वि.सं.२०७९ साउन २२ आइतवार १३:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...