back
CTIZAN AD

कविता : रङ्ग

वि.सं.२०७९ साउन २८ शनिवार

810 

shares

प्रज्वल पुकार, धनकुटा

रङ्गहरु मध्ये मलाई
रातो रङ्ग औधी मन पर्छ

म भोकले रोइरहेको बेला
आधा अघाउथे आमाको रातो चोली देखेपछि
दुःखका टाँक खोलेर मातृत्वको स्तन चुसाउँदा थाहा भयो
रातो रङ्गमा आमाको माया लुकेको हुन्छ

रजस्वलाको रातो रगत रातो पेटिकोटमा हराएको देख्दा
थाहा भयो
रातो रङ्ग क्रान्तिको ज्वालाहरु लुकाउने रङ्ग हो

सिन्दुर चेपेको हात सिउँदोमा पुगेको दिन
मुस्कुराई रहेथे दुईवटा ओठहरु
आँसु बगाईरहेथे दुईटा आँखाहरु
त्यही देखेर थाहा भयो
रातो रङ्ग हाँसो र रोदनको संगम स्थल हो

उसको र मेरो
प्रेमको प्रमाण जमिनमा खसेको दिन
रातो रगतमै लत्पतिएको थियो एउटा प्रेमपत्र
जुन रातो रगतको आहाल भित्र
देखेको थिए हु बहु उसकै अनुहार

अहिले खोलेर हेर्छु बिवाहको रातो सट्केस
सजिएर बसिरहेछन् राता साडी चोलाहरु
जसको बीचमा बसिरहेछ
संगै मर्ने जिउने कसम खाएको उसको हस्ताक्षर

मलाई रातो रङ्ग औधी मन पर्छ
किनकी
आज आउदै हुनुन्छ मेरा प्रदेशिएका पति
रातो बाकस भित्रै प्याक भएर ।

 

 

कविता ः दुर्घटना

वि.सं.२०७९ साउन २८ शनिवार ०८:५१ मा प्रकाशित

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले...

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...