पवनकुमार बुढाथोकी, काठमाडौं
१
आफ्नै अँगालोमा नै मायाले बान्छेउ तिमी
कहिले सब्दका बाणले पनि हान्छेउ तिमी
बुझ्न सकिन बास्तबमै तिमी मेरी को पो हौ
मैले भनेको सबै कुरा कहिले मान्छेउ तिमी ?
२
मेरो मनमा अध्याँरो हुने गरेर नै बादल पारेउ
मैले बहाउनु पर्नेमा उल्टो तिमीले आँसु झारेउ
मैले त म सङ्ग नै छ भन्ने ठानेको थिएँ माया
मलाई अत्तोपत्तो नदिकन किन अन्तै सारेउ ?
३
नेपालका नेताका जस्तो भेष फेर्ने गर्छेउ तिमी
जो जो मोटो घाटो छ उस्कै अगाडि पर्छेउ तिमी
कति पो कुर्नु तिमी आउने दोबाटो, यो जिन्दगीमा
एकै ठाउमा बस्ने भए पो, हप्तै पिच्छे घर सर्छेउ तिमी ।
४
धेरै अध्याँरोमा न राख मलाई उज्यालोमा नै सार
तिम्रो मायाको किरण मेरो भागमा अलिकति पार
कति डुब्नु म मात्रै तिम्रो याद र सम्झनामा हर पल
यो पोखरीबाट आफ्नै हातले तानेर दुःखबाट चैँ तार ।
५
उमेर छँदा अलिकति पनि पुराइन है मैले त होस
लाग्थ्यो, रहिरहनेछ त्यसैबेलाको जस्तो नै जोस
तिम्रै कुराहरु मात्र सुनिरहेँ, तिम्रै कथा मात्र बुनिरहे
त्यसैले त, जिन्दगीमा त्यस्तो गर्न सकिन केहि ठोस ।
वि.सं.२०७९ भदौ ११ शनिवार ०८:२८ मा प्रकाशित





























